२ हजारले घट्यो सुनको मूल्य

२ हजारले घट्यो सुनको मूल्य

sun gold

पोखरा। नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ