१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

sun

पोखरा। नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ