बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

Gold sun

पोखरा। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३६० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ