पोखरा। नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।