Gandak News
Our News Your Views

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

पोखरा। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोड हुँदै ...