सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ७ हजार ७ रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds