सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

silver-gold

पोखरा। नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds