सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा। नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds