सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds