सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा। नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds