घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ