बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

1569133662gold

पोखरा। नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेर १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ