Gandak News
Our News Your Views

घट्यो सुनचाँदीको मूल्य

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भइरहेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोड हुँदै ...