आईटी सेवामा पनि प्रवेश गर्‍यो सिटिजन ग्रुप

सेवा विस्तार

आईटी सेवामा पनि प्रवेश गर्‍यो सिटिजन ग्रुप

अबदेखि सिटिजन कम्प्युटिङमार्फत कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवाहरु उपलब्ध गराइने

citizen computing

पोखरामा फर्निचर व्यवसायमा सबैभन्दा ठूलो सिटिजन ग्रुपले आईटी क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ ।

सिटिजन फर्निचर र सिटिजन फर्निचर एण्ड फर्निसिङ्ग मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सिटिजन समूहले नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान व्यवसाय विस्तार गरेको जनाएको छ ।

सिटिजन कम्प्युटिङमार्फत कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सबै गुणस्तरीय सेवाहरु उपलब्ध गराइने सञ्चालक दिपक कार्कीले जानकारी दिएका छन् ।

ग्राहकको बढ्दो आईटी सम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै यस सेवा सुरु गरिएको कार्की बताउँछन् । नयाँ सेवामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी सबै गुणस्तरीय सेवाहरु उपलब्ध हुनेछन् ।

सिटिजन कम्प्युटिङले नवीनतम प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकले ९८५६०२१५७२ र ९८४७२०१५५९ मा सम्पर्क गरेर सेवा सम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds