पोखरा । बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनिने विजय भण्डारीले पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा नफर्किने बताएका छन् ।
आज आइतबार बिहान पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी वैशाख १७ गतेदेखि लेक साइडस्थित बाराहीघाटमा कोटीहोम गरिछाड्ने बताएका हुन् ।
धर्मको लागि लड्न तयार रहेको भन्दै उनले भने, “अब कोटीहोम नगरी यहाँबाट कुनै पनि हालतमा फर्किन्न, “धर्मको लागि, यो सँकृति बचाउनको लागि लड्न परे पनि लड्छौ ।”
साथै उनले महायज्ञका नाममा चौताराका बरपिपल काटिनुलाई केही कमजोरी भएको स्वीकार गर्दै रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने योजना रहेको पनि सुनाए ।
कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सरवी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिभा, वाचन प्रवीण श्री दीनवन्धु पोखरेल, भागवत मञ्जरी राधिका दासी माता, प्रवक्तादेवी सुप्रिया, शंकराचार्य, जगत् गुरु, साधु, सन्त, महन्तलगायत विश्व प्रसिद्ध कथा वाचक/ वाचिकाहरुबाट आशिर्वचन हुने जानकारी दिए ।
उनले पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबीसमेत गरे । उनले भने, “महायज्ञस्थलको हल भित्रबाट बाहिर आवाज निस्किने छैन ।”
कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ।
महानगरपालिका कार्यालयले भने महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको आइतबार जनाएको छ ।
महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।
महायज्ञको नाममा भन्दै बरपिपलका रुख नपलाउने गरी ठुटै बनाएर मानव सेवा फाउन्डेसनले काटेको थियो । त्यसयता स्थानीय बासिन्दाले विरोध जनाइरहेका छन् भने पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यसको विरोध गरिरहेको छ ।
पोखरा महानगरका अनुसार सहरका विभिन्न वडाका ३३ वटा सय वर्षभन्दा पुराना रुख ठुटै बनाएर काटिएका छन्।
चौतारा काटेर बनाइएको दाउरा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ। ती दाउरा आयोजकले लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेर राखेको अवस्थामा महानगरले नियन्त्रणमा लिएको हो।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो