नेपाली कन्फेक्शनरी उद्योगमा तीन दशकभन्दा बढी अनुभव बोकेको अग्रणी कम्पनी सुजल फुड्सले नयाँ वाफी फेमिली प्याक सार्वजनिक गरेको छ।
वाफी प्याक अब अझै ठूलो, अझ स्वादिलो र अझ क्रञ्ची बनेर बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ। क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलनसहितको वाफी अब सबैभन्दा रुचाइएका दुई स्वादहरू– स्ट्रबेरी र चक्लेटमा उपलब्ध छन्।
१२० ग्रामको यो फेमिली प्याकको मूल्य मात्र १०० रूपैयाँ राखिएको छ, जसले यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम वेफर बनाएको छ। वाफी विशेषगरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाहरूका लागि बनाइएको हो। साथै, सपिङ मल तथा कनभिनियन्स स्टोरहरूमा स्वादिलो स्न्याक खोज्ने गृहिणीहरू र अनलाइन तथा ई–कमर्समार्फत नियमित रूपमा स्न्याक अर्डर गर्ने उपभोक्ताहरूलाई पनि लक्षित गरिएको छ।
उच्च गुणस्तरका पदार्थहरुको समिश्रणबाट अत्याधुनिक प्रविधिमा बनाइएको वाफी, चार तहको क्रिस्पी वेफर र तीन तहको क्रीमले भरिएर स्वाद र गुणस्तरमा नयाँ मापदण्ड स्थापित गरेको छ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्छ। वाफी फेमिली प्याक अब नेपालभरी भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी लगायतका ठाउँहरूमा उपलब्ध छ।
साथै, यसलाई दराज, गिफ्ट्मान्डु डट्कम, स्मार्टडोको डट्कम, यार्शाबजार डट्कम, बिजबजार डट्कम र डिलआयो डट्कम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत पनि सजिलै खरिद गर्न सकिनेछ।
वाफी अमेरिका, युरोप, अष्ट्रेलिया तथा विभिन्न खाडी मुलुकहरूमा निर्यात भइरहेको छ।
२५ वर्षभन्दा बढी समयदेखि वेफर क्याटेगोरिमा अग्रणी स्थान ओगटेको र ५० वर्षभन्दा बढीको कन्फेक्सनरी अनुभव बोकेको सुजल फुड्सले सधैं गुणस्तरीय उत्पादन उचित मूल्यमा उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।
सुजल फूड्सका उत्पादनहरूः
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध
सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ