सर्वोच्चको आदेशसँगै रिहा भए रविन्द्र मिश्र

सर्वोच्चको आदेशसँगै रिहा भए रविन्द्र मिश्र

Rabindra-Mishra

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन् ।

हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा थुनामुक्त भएका हुन् ।

गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसूरमा अनुसन्धान गरेको थियो ।

आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सम्बधित न्यूजः रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश, न्यायाधीशसामु के भनेका थिए मिश्रले ?
५० दिनदेखि प्रहरी हिरासतमा थिए मिश्र

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ