नेपाली कन्फेक्शनरी उद्योगमा तीन दशकभन्दा बढी अनुभव बोकेको अग्रणी कम्पनी सुजल फुड्सले नयाँ वाफी फेमिली प्याक सार्वजनिक गरेको छ।
वाफी प्याक अब अझै ठूलो, अझ स्वादिलो र अझ क्रञ्ची बनेर बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ। क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलनसहितको वाफी अब सबैभन्दा रुचाइएका दुई स्वादहरू– स्ट्रबेरी र चक्लेटमा उपलब्ध छन्।
१२० ग्रामको यो फेमिली प्याकको मूल्य मात्र १०० रूपैयाँ राखिएको छ, जसले यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम वेफर बनाएको छ। वाफी विशेषगरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाहरूका लागि बनाइएको हो। साथै, सपिङ मल तथा कनभिनियन्स स्टोरहरूमा स्वादिलो स्न्याक खोज्ने गृहिणीहरू र अनलाइन तथा ई–कमर्समार्फत नियमित रूपमा स्न्याक अर्डर गर्ने उपभोक्ताहरूलाई पनि लक्षित गरिएको छ।
उच्च गुणस्तरका पदार्थहरुको समिश्रणबाट अत्याधुनिक प्रविधिमा बनाइएको वाफी, चार तहको क्रिस्पी वेफर र तीन तहको क्रीमले भरिएर स्वाद र गुणस्तरमा नयाँ मापदण्ड स्थापित गरेको छ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्छ। वाफी फेमिली प्याक अब नेपालभरी भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी लगायतका ठाउँहरूमा उपलब्ध छ।
साथै, यसलाई दराज, गिफ्ट्मान्डु डट्कम, स्मार्टडोको डट्कम, यार्शाबजार डट्कम, बिजबजार डट्कम र डिलआयो डट्कम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत पनि सजिलै खरिद गर्न सकिनेछ।
वाफी अमेरिका, युरोप, अष्ट्रेलिया तथा विभिन्न खाडी मुलुकहरूमा निर्यात भइरहेको छ।
२५ वर्षभन्दा बढी समयदेखि वेफर क्याटेगोरिमा अग्रणी स्थान ओगटेको र ५० वर्षभन्दा बढीको कन्फेक्सनरी अनुभव बोकेको सुजल फुड्सले सधैं गुणस्तरीय उत्पादन उचित मूल्यमा उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।
सुजल फूड्सका उत्पादनहरूः
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध
सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’