उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या पछिल्लो समय बढ्दो छ । कपाल झर्नु आफैँमा रोग भने होइन। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा छाला तथा सौन्दर्य विशेषज्ञ डा.धमेन्द्र कर्णले लेखेका छन् ।
पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो। यद्यपी यो सबैमा देखिन्छ भन्ने हुँदैन । पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। जसका कारण कपाल झर्न सुरु गर्छ ।
टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तरै झर्न सुरु गर्छ । तनावले शरीरमा आउने विभिन्न हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरुप कपाल झर्न थाल्छ। धुम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ। अनि शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ। मध्यपान गर्ने पुरुषमा टक्सिनको मात्रा वढ्ने, आइरन र जिंक कम हुने हुन्छ। जसको फलस्वरुप कपाल झर्छ।
यी हुन् रोकथामका उपाय
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाहै्र होला । तर, अस्वस्थकर खानपान, धूमपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल भरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वस्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?