सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।
चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुप्रिएको व्यवसायीहरुले बताएका छन् । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ । बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको छ । व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।
अमेरिका चिन ब्यपार युद्ध र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटाउने निर्णयले सुनको बजारलाई प्रभावित बनाएको व्यवसायीहरुले बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ