काठमाडौं । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ ।
मूल नियमावलीको नियम ४७(क) मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १०’ मा भन्ने शब्दावलीकमो सट्टा ‘कक्षा १२’ मा भन्ने शब्दावली राखिएको छ ।
जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
परीक्षा नियन्त्रक खकुरेलले यो वर्ष सरकारले समयमै निर्णय गर्न नसक्दा बोर्डअन्तर्गत एसइई परीक्षा सञ्चालन हुने तय भए पनि आगामी वर्ष कक्षा १० को परीक्षा प्रदेशबाटै सञ्चालन हुने जानकारी दिए ।
संशोधित नियमावलीअनुसार अब माध्यमिक शिक्षा कक्षा ९ देखि १२ सम्म कायम भएको छ । नियमावली संशोधन अघि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउँदैनथे ।
उनीहरुले कक्षा ९ मा जुन स्कुलमा भर्ना र रजिस्ट्रेसन फाराम भर्थे, सोही स्कुलबाट एसइई परीक्षा दिनुपर्ने व्यवस्था थियो । कक्षा १० मा छात्राको बिहे, अभिभावको बसाइँसराइ र विद्यार्थी बिरामी भएको अवस्थामा मात्र स्थानान्तरण दिनुपर्ने व्यवस्था थियो ।
अब संशोधित नियमावलीले यी सबै व्यवस्था खारेजी गरेको छ । साथै विद्यार्थीले जुनसुकै विद्यालयमा कक्षा १० मा भर्ना तथा स्थानान्तरण पाउने भएका छन् ।
#नागरिक
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प