स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार दिउँसो घर माथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीकाअनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको मृत्यु भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा–टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
यस्तै होटलमा नै बसेका अन्य तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३४ वर्षीय नारायण तिवारी घाइते भएका हुन् ।
पहिरोले होटल, स्थानीयवासी दीपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षति पुर्याएको छ भने अर्काे एक घरमा सामान्य क्षति पुगेको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग