स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार दिउँसो घर माथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीकाअनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको मृत्यु भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा–टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
यस्तै होटलमा नै बसेका अन्य तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३४ वर्षीय नारायण तिवारी घाइते भएका हुन् ।
पहिरोले होटल, स्थानीयवासी दीपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षति पुर्याएको छ भने अर्काे एक घरमा सामान्य क्षति पुगेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’