स्याङ्जा । स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमाले विजयी भएको छ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन्।
सुवेदीले ३ हजार ३८६ मत प्राप्त गनरेका छन् भने उनका प्रति द्वन्दी नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।
गाउँपालिकाकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन्।
उनले ३ हजार ९७८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गरेका छन्।
यस्तै, आँधीखोला गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेका विश्वनाथ पौडेल पाँच हजार १७७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका प्रेमरज पौडेलले चार हजार ३५१ मत पाएका छन्।
उपाध्यक्षमा पनि नेकपा एमालेकी सीता थापा निर्वाचित भएकी छन्। उनले पाँच हजार २७३ मत पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत पाएका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’