पोखरा रामबजार बसेर लेवर काम गर्ने दमकका अर्जुन कता हराए ?

पोखरा रामबजार बसेर लेवर काम गर्ने दमकका अर्जुन कता हराए ?

Arjun

२०७१ सालसम्म पोखराका रामबजारमै बसेर लेवर काम गर्ने अर्जुन लामगाडे अहिले परिवारको सम्पर्कमै छैनन् । पाँच वर्ष बित्यो, कता गए त ? आज आउला भोलि आउला भन्दा भन्दै झापा दमकमा रहेका उनका आफन्तको धैर्यताको बाँध टुटिसक्यो ।

अहिले पाँच वर्ष पछि आएर आफन्तले जिल्ला प्रहरी कार्यालयमा फोटो सहित खोजी गरिपाउँ भनि गत वैशाख १७ गते मात्रै निवेदन दिएको छ । तर, प्रहरीले फेला पार्न सकेको छैन । ३५ वर्षका लामगाडे ५ वर्षदेखि पोखराबाटै गायब छन् ।

अर्जुनका भाइ नाता पर्ने खड्क गजमेर गण्डकन्यूजसम्म आइपुगेर खोजी गरिदिन आग्रह गरेका छन् । कालो वर्णको, मझौला शरिर भएको, अन्दाजी ५ फिट ६ ईञ्चका लामगाडेलाई देख्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ