यस्तो बन्दैछ पोखराको विजयपुर खोलामा बेलीब्रिज (तस्विरसहित)

यस्तो बन्दैछ पोखराको विजयपुर खोलामा बेलीब्रिज (तस्विरसहित)

bijaypur (1)

पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान अन्तिम अवस्थामा पुगेको छ । बेलीब्रिज अब एक हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा – जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असारसम्म बन्ने भनिएको बेलिब्रिज भदौमा बल्ल तयार भई सञ्चालन हुने देखिएको छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

यसैबीच, पूर्वमन्त्री, सांसद एवं नेकपा नेता खगराज अधिकारीले आज विजयपुर खोलामा बन्दै गरेको यस पुलको निरीक्षण गरेका छन् ।

तस्विरः सांसद खगराज अधिकारी फेसबुक पेजबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ