मुस्ताङ चराङमा पनि एयरपोर्ट बन्ने ! प्रारम्भिक सर्वे गरियो

मुस्ताङ चराङमा पनि एयरपोर्ट बन्ने ! प्रारम्भिक सर्वे गरियो

43587019_175975553330845_1048470962279809024_n

सुन्दरकुमार थकाली, मुस्ताङ । उत्तर–दक्षिण व्यापारिकमार्ग बिस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम,जोमसोम–कोरला सडक स्तरोन्नतिकार्य द्रुत गतिमा अघि बढिरहेकै बेला पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा बिमानस्थल सर्वे गरेको छ ।

यसका लागि मंगलबार पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्यन प्राधिकरण बिभागबाट खटाईएका ईन्जिनीयर पुष्पराज न्यौपानेले चराङको समथर फाँटमा बिमानस्थलको पहिलो सर्वे गरेका हुन् । सर्वेमा बिमानस्थलको अवधारणा,जग्गा छनौट तथा नापजाप,हावाको बेग मापन,हाईअल्टिच्यूटको संम्भावना,बिमानस्थल एकतर्फी वा दोहोर अवतरण गर्नसक्ने, खेतियोग्य भूभाग तथा जंगल पर्छकी पर्दैन  र सार्वजनिक जग्गा आदी बिषय सर्वेमा समेटिएको संघीय प्रतिनिधिसभाका सदस्य माननीय प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

‘उपल्लो मुस्ताङको २ स्थानीयतह जोड्ने पहिलो बिमानस्थलको अवधारण पर्यटन मन्त्रालयले सुरु गरेको छ ।यो उपल्लो मुस्ताङी जनतालाई खुसीको समाचार मान्नुपर्छ । यस पटक बिमानस्थलको प्रारम्भिक सर्वे  गरेका छौ,’सांसद तुलाचनले भने,‘ यसलाई चरणबद्ध रुपमा सर्वे गर्नेकार्यको थालनी भएको छ । सबै मापदण्ड पू¥याएर डिपिआर सार्वजनिक हुन्छ ।‘उनले बिमानस्थलको डिपिआर तयार गर्न २ वर्ष लाग्नसक्ने जानकारी दिए ।


सदरमुकाम जोमसोम देखि करिव ८० किलोमिटर उत्तरतर्फ अवस्थित उपल्लो मुस्ताङको चराङमा बिमानस्थल निर्माणका लागि पहिलो पटक प्रारम्भिक सर्वे भएको हो ।लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डको दर्शन गर्ने आन्तरिक तथा बाह्य तीर्थालुलाई बिमान स्थलले सहज पू¥याउने जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले बताईन् ।उनले उपल्लो मुस्ताङवासीले यातायात र हवाईमार्ग नहुदा सदियौकाल देखि सास्ती व्यहोर्दै आईरहेको उल्लेख गर्दे सडक संञ्जाल र हवाईमार्ग पूरा भएमा उपल्लो मुस्ताङको भाग्यरेखा कोरिने दावी गरिन् ।

उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा धार्मिक पर्यटनको बिकास गर्ने लक्षसहित पर्यटन मन्त्रालयले योजना अघि बढाएको नागरिक उड्यन प्राधिकरणका ईन्जिनीयर पुष्पराज न्यौपाने जनाए ।उनले चरणबद्ध बिमान स्थल सर्वेका सबै सर्वे रिपोर्टहरु प्राधिकरणमा पेश गरेपछि डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर तयार गरिने बताए ।गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले मन्त्रालयले उपल्लो मुस्ताङमा बिमानस्थलको अवधारणा ल्याउनु स्वागयोग्य भएको बताए ।बिश्व संम्पदा सुचिमा सुचिकृत उपल्लो मुस्ताङमा धामिर्क स्थल तथा मठमन्दिर गुम्बाहरु रहेको बताए ।यहाँको भूगोल,हावापानी,रहनसहन र जिवनशैली नियालेर यहाँ आउने पर्यटक दङ्ग पर्ने गरेको उल्लेख गर्दै बिष्टले बिमान स्थल निर्माण पूरा भएपछि उपल्लो मुस्ताङ पर्यटन हबको रुपमा बिकास हुने दावी गरे ।

चराङमा बिमानस्थल सर्वे गर्न सघीय सांसद प्रेमप्रसाद तुलाचसहित प्राविधिक टोली पुगपछि स्थानीयवासी खुसीले दङ्ग भए् ।आफ्नै घरदैलो नजिक बिमान अवतरण गराउने उद्देश्यसहित  चराङ आएका टोलीलाई स्थानीयले भब्य स्वागत गरे ।‘सपना जस्तो लाग्दैछ ।हाम्रो गाउँमा पनि एयरपोर्ट बन्ने भयो ।’वडा अध्यक्ष टसीढिन्डु ठकुरीले भने । सर्वेले सपना बाड्ने नभई कार्यान्वयनको दिशमा पनि जोडदिनु पर्ने उनले सुझाए ।

बिमान स्थल प्रारम्भिक सर्वेका लागि संघीय प्रेमप्रसाद तुलाचन लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,वडा नम्बर १ वडाअध्यक्ष टसीढिन्डु ठकुरी लगायतका स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथक्षेत्रको डिपिआर सर्वे सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ