Gandak News
Our News Your Views
Lets

मिर्गौलामा पत्थरीः यस्तो छ उपचारको सजिलो उपायहरु

Loading...

मिर्गौलामा पत्थरी, संभवत यतिबेला धेरैले झेलिरहेको समस्या हो यो । मिर्गौला आफैमा संवेदनशिल अंग हो । त्यसैले मिगौंलामा हुने कुनैपनि समस्याको निदान खोजिहाल्नुपर्छ ।

हुन त पत्थरी हुादैमा धेरै चिन्तित हुनुपर्ने होइन । किनभने यसको उपचार संभव मात्र छैन, सहज पनि छ । पत्थरीको समस्या धेरैले झेलिरहेका हुन्छन् । यसको उपचार विधीबारे भने कतिपयलाई जानकारी नहुन सक्छ ।

के छ उपचार विधी ?

पत्थरी धेरै प्रकारका हुन्छन् । विरामीको अवस्था र पत्थरीको अकारअनुसार यसको उपचार हुन्छ । खासगरि पत्थरी मिर्गौलामा देखिन्छ । उक्त पत्थरी कुन ठाउामा छ भन्ने कुराले पनि उपचारमा महत्वपूर्ण भूमिका खेल्छ ।

पिसाबबाट बगाएर

पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधीको सेवनबाटै सम्भव हुन्छ ।

यदि पत्थरी स-साना छन् भने यो माध्ययमको प्रयोग गरिन्छ ।  जसको लागि विरामीलाई औषधी र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजैलै पिसाबसागै बगेर जान्छ ।

                          डा. वीरेन्द्रप्रसाद यादव

 सेकेर

अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरिकनै गरिने अप्रेशन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्ययमबाट बगाइन्छ ।

पाइप छिराएर

अर्को अप्रेशन विधिलाई युआरएस भनिन्छ । विशेष गरि पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउदै अपनाइदैन भन्ने चाही होइन ।

यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फेलेक्जीवल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झीक्ने काम गरिन्छ ।

प्वाल पारेर

छालाबाट प्वाल पारेर पनि यसको पत्थरीको उपचार गरिन्छ । यस्तो अप्रेशन विधिलाई पिसिएनएल भनिन्छ । यस्तो अप्रेशन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पिसिएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाही मिनी पिसिएनएल पाइप ।

खासगरी सानो खानको पत्थरको लाग मिनी पिसिएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्ययमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।

चिरेर

अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ ।

र, यो पनि

पत्थरीका अव्यवस्थित जीवनशैली, मोटोपना, वातावरणलगायत थुप्रै कारण हुन्छन् । खानको कारण पनि पत्थरी पर्न सक्छ ।

कतिपयले माछा, मासु र गेडागुको अत्याधि प्रयोग गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोगले पनि पत्थरी पर्ने गर्छ । मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या आउन सक्छ ।

लेखक सुमेरु अस्पतालका मुत्ररोग विशेषज्ञ हुन्

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको