जापानी युवतीलाई जबर्जस्ती गरेको आरोपमा नेपाली युवा पक्राउ (भिडियो सहित)

जापानी युवतीलाई जबर्जस्ती गरेको आरोपमा नेपाली युवा पक्राउ (भिडियो सहित)

Screen-Shot-2018-10-01-at-20.36.22

टोकियो । यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोको ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिया एक जापानी युवतीलाई जबर्जस्ती यौन अपराध गरेको अभियोगमा शिव न्यौपाने नाम गरेका नेपाली युवक (थप परिचय नखुलाइएको) पक्राउ परेका हुन् ।

गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी बेला ‘होटेल तिर जाउँ’ भन्दा ति युवतीले बेवास्ता गरेपछि जबर्जस्ती चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

https://www.youtube.com/watch?v=k1hY0_bMksA

टोकियो महानगर प्रहरीका अनुसार युवती प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।

उनले प्रहरी संगको बयानमा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ । ।

जापानी संचारमाध्यममा प्रकाशित समाचारः

Source : https://headlines.yahoo.co.jp/videonews/ann?a=20181001-00000040-ann-soci

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ