‘मिस्टर दारी २०१९’ को पोखरा अडिसन सम्पन्न’ आठ जना छनोट

‘मिस्टर दारी २०१९’ को पोखरा अडिसन सम्पन्न’ आठ जना छनोट

mr-dari-pkr

पोखरा । नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘मिस्टर दारी २०१९’ को पोखरा अडिसन सम्पन्न भएको छ । मंगलबार क्लाउड नाइनमा अडिसन सम्पन्न भएको हो । मिस्टर दारीका लागि पोखरा अडिसनबाट आठ जना छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए ।

अडिसनमा सहभागी १९ जना मध्य ८ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा नयाँबजारका बिक्रम पाण्डे, लुम्लेका जीवन देवकाेटा, शितलदेविका शम्भु ज. कार्की, रामबजारका शंकर ए सी,  न्यु रोडका बसन्त मिश्र, लेखनाथका अमृत कुमार बराल, बिन्दबासिनीका ईश्वरी पाण्डे, लामाचौरका अनुप सुबेदी रहेका छन् ।

अडिसनमा मिस्टर दारी २०१९ का ब्राण्ड एम्बासडर एवं दारी ग्याङका फाउन्डर अभिषेकराज सिंह थापा,  फेशन कोरियोग्राफर दिपक भट्टराई र पोखराका आयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।

पछील्लो समय नेपालमा दारी राख्ने ट्रेन्ड चलेपछी दारी प्रेमीहरु बढेको र त्यसैलाई लक्षित गर्दै ठन्डर प्रोडक्सनले ‘मिस्टर दारी २०१९’ आयोजना गर्न लागेको हो । यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ठन्डर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवल, कोहलपुर, पोखरामा सम्पन्न भइसकेको छ । अब साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

मिस्टर दारी २०१९ को फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ ।

http://gandaknews.com/mr-dari/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ