दोस्रो श्रीमतीले पनि ५ दिनमै छाडेपछि तनहुँका गुरुङले संसार छाडे

दोस्रो श्रीमतीले पनि ५ दिनमै छाडेपछि तनहुँका गुरुङले संसार छाडे

Prashant

तनहुँको बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस प्राङ्गणमा एक युवाले झुण्डिएर आत्माहत्या गरेका छन् । क्याम्पसको प्राङ्गणमा रहेको सिसौको रुखमा झुन्डिएर शुक्लागण्डकी ५ का प्रशान्त गुरुङ्गले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

बेलचौतारा क्षेत्रमा ट्राक्टर चालकको काम गर्दै आएका अन्दाजी २५ बर्षिय गुरुङ्गले तनावकै कारण आत्महत्या गरेको हुन सक्ने वडा नं. ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले बताए । वडाध्यक्ष थापाका अनुसार मृतक गुरुङ्गले पहिलो विवाह पछि पुनः विवाह गरेका थिए । दोस्रो श्रीमतीले समेत विवाह गरेको ५ दिनमै छोडेर गए पछि उनी पीडामा रहेका थिए ।

दोस्रो श्रीमतीले समेत छोडेपछि समाजले आफूलाई नराम्रो सोच्ने भन्दै आफु निकट ब्यक्तिहरुसँग गुनासो गर्ने गरेको बुझिएको छ । गुरुङ्गलाई बुधबार विहान क्याम्पस हाताभित्र रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टर्माटमको लागि जिल्ला अस्पताल दमौली लगिएको छ ।

बिन्दु वाग्ले / तनहुँ खबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ