बेहुली झैँ सिँगारियो स्याङ्जा: चौथो स्याङ्जा रमाइलो मेलाको तयारि अन्तिम चरणमा

बेहुली झैँ सिँगारियो स्याङ्जा: चौथो स्याङ्जा रमाइलो मेलाको तयारि अन्तिम चरणमा

rm3

सरोज अर्याल, स्याङ्जा ‘रमाइलो मेला प्रगतिको आधार कृषि, पर्यटन विकाश र पुर्वाधार’ भन्ने नाराका साथ मंसिर १३ देखि २३ सम्म चल्ने स्याङ्जा चौथो रमाइलो मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि देखि हुने मेलाको तयारी अन्तिम चरणमा पुग्दै गर्दा स्याङ्जा सदरमुकाम देखि अन्य बजार गाँउ टोल हरु बेहुली जस्तै सिँगारिएका छन ।

कुनै पनि राजनीतिक पार्टिको चुनावि प्रचार प्रसार भन्दा भब्यताका साथ ठाउँ ठाउँ मा मेलाका ब्यानर, पम्पेल्टहरु, धोजा पतका =हरु सजिएका छन । स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजार आँधिखोला छेउ मालेबगर खेलमैदानमा हुने मेला सम्पन्न हुनेछ ।

भोलि मंसिर १३ गते स्याङ्जाका बिभिन्न जातिको आफ्नो मौलिक झल्कने संस्कृति, विभिन्न टोल, आमा समुह, स्थानिय क्लव, संस्था बिधार्थि, सम्पुर्ण स्याङ्जा बासिहरु स्याङ्जा प्रगतिनगरमा भेला भईं प्रभातफेरी र्‍यालि का साथ स्याङ्जा बजार परिक्रमा गरि मालेबगर खेल मैदानमा मेला उद्घाटन समारोहमा पुग्नेछन ।

पर्यटन प्रर्वद्दन कला संस्कृति को जगेर्ना र स्थानिय घरेलु तथा कृषि उत्पादनको एकिकृत भेला स्वोरोजगारि, स्थानिय ब्यवसाय प्रर्वद्द्न र आर्थिक बिकासका लागि चौथो रमाइलो मेला – २०७५ । मा जोड दिदै पुरा गर्नको लागि मेलामा करिब १ लाख ५० हजार दर्शक भित्राउनुको साथै अनुमानित ३ करोड को कारोबार सम्पन्न गराउने लक्ष्य लिएको छ ।

स्थानिय पर्यटन, कृषि एवम् औधोगिक ब्यवसाय प्रर्वद्द्न भै स्थानिय समुदाय संस्था र ब्यवसायिहरुको आर्थिक अभिवृद्दि, स्थानिय बजार उत्पादन र ब्यवसाय को राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा प्रचार प्रसार , आधुनिक प्रविधि हस्तान्तरण भै स्थानीय स्तरमा स्वोरोजगारिको अवसर सृजनामा टेवा पुर्याउने साथै राष्ट्रिय ब्यबसायि तथा औधोगिक उत्पादनको यथेष्ट प्रचार प्रसार भै उत्पादन बृद्दि, ब्यवसायमा बिस्तार र आर्थिक उन्नतिका अवसर सृजना गर्ने उद्देश्य का साथ मेला भोलि १३ गते देखि २३ गते सम्म संचालन हुन लागेको हो ।

चौथो रमाइलो मेला २०७५ मंसिर १३ देखि २३ सम्म आयोजना गर्दै गर्दा मेलाका मुख्य आकर्षक को रुपमा राष्ट्रिय अन्तरराष्ट्रिय ख्याति प्राप्त कलाकार हरुको बेजोड प्रस्तुति सँगै स्थानिय कलाकार हरुको मौलिक झल्कने घाटु, सोरठी , कौडा, रतौलि लगायत लोप हुन लागेका कला संस्कृति को प्रदशनि साथै कृषक ब्यवसायिलाइ प्रोत्साहन गर्दै सुन्तला , कफि, अदुवा , लिचि र अन्य फलफुल तथा तर्कारी का जात हरुको प्रदशनि तथा बिक्री बितरण गरिने भएको छ !

लोपोन्मुख जाति राउटे, लोपोन्मुख तथा फरक प्रकृति का बस्तु सामग्री वा पशु पंक्षिहरुको प्रदर्शन

लोपोन्मुख नेपालि जाति राउटे जाति को प्रदर्शन तथा प्रदर्शनी , लोपोन्मुख तथा फरक प्रकृति का बस्तु सामग्री अनि पशु पंक्षिहरु, गोहि, अस्टृज, मँयुर साथै अन्य जनावर हरुलाइ प्रदर्शनी को रुपमा राखिने पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

मेलालाइ अमुल डेरि बुटवलले मुख्य प्रयोजन गरेको छ भने अन्य प्रयोजन तथा सहयोगि हरु रहेको छन । र मेलाको अनलाइन मिडिया पार्टनर गण्डक न्युज डट कम र मिडिया पार्टनर स्याङ्जा टेलिभिजन र रेडियो स्याङ्जा रहने छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ