असारे विकासले बनाउँदै उठिबास, लिमिठानाका दर्जन घर पहिरोको चपेटामा

असारे विकासले बनाउँदै उठिबास, लिमिठानाका दर्जन घर पहिरोको चपेटामा

limithana

महेन्द्र जिसी, पर्वत । स्थानीय निकाय कार्यान्वयनमा आएपछि गरिएको विकासले सास्ती भएको पर्वतको फलेवास नगर पालिकाका जनताले गुनासो गरेका छन् ।

लगातारको वर्षा र वातावरणीय प्रभाव मुल्याङ्कन नगरिकन सडक विस्तार गर्दा नगरबासीहरुले दुख पाईरहेको बताएका हुन । नगर कार्यापालिकाले नगरका सडकको स्तर वृद्धि गर्दा वस्ती जोखिममा परेको ठानामौलाका स्थानीयले बताएका हुन् । उनहरुले आवश्यक्ता भन्दा पनि नगरपालिकाले जवरजस्ती सडक चाक्लो गर्दा आफुहरुको उठिबास भएको गुनासो गरे ।

असार लागे पछि गाउँबस्तीमा डोजर चलाउँदा घरहरु चर्किने र भत्किने समस्या भएको स्थानीयले बताएका हुन् । उनीहरुले स्थानीय सरकारले विकास भन्दा पनि विनास बढी बनाएको गुनासो गरे । स्थानीय हुम कुमारी सापकोटाले अहिले घर माथि खनिएको सडकको भल घर भित्र पसेर बस्ती पहिरोको जोखिममा रहेको बताईन् । केटाकेटी चौपाया समेत बाही निकाल्न समस्या भएको सापकोटाले बताईन् । स्थानीयहरुले नगर पालिकाले मापदण्ड भन्दै असारमा सडक चौडा गर्न लागेपछि रोप्न तयार भएको धानको विउ र पाक्न थालेका मकै समेत पहिरोले पुरेको बताए ।

फलेवास नगर पालिका ८ ठानामौला देखी ९ भंगारा जोडने सडक ११ मिटर चक्ला बन्दी गराउँदा आसपासका दुई वस्तीका दर्जन घरहरु जोखिमममा परेका छन । ५० औं रोपनी जमिन बाँझै रहने भएको छ । सडक चाक्लो बनाउँदा सिँचाईको नहर र खानेपानी लाईन काटिएपछि बस्तीमा खानेपानीको समस्या बढ्दै गएको हो । नगरकार्यपालिका सदस्य एवं वडा नं. ८ का अध्यक्ष मनबहादुर कुंवरले च्यानडाँडा बस्ती खाली पँधेरा खेत र राम्चे धारको पानीको मुहान पहिरोको जोखिममा परेको बताए ।

नगरपालिकाले नगरका वडा जोडने सडक चाक्लो बनाउने निर्णय पछि अहिले सडको चक्लाबन्दी भईरहेको जनाएको छ । लगातारको वर्षामा सडकको चक्ला बन्दीका लागि बस्ती वरपर डोजर चलाउँदा वस्तीका घरहरु थर्किएर भत्किने खतरा बढेको हो । नगरपालिकाले दुई वडा जोड्ने मुख्य सडकको ९० लाख बजेटको काम भईरहेको जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ