तनहुँको बेलभञ्ज्याङमा बस र ट्रक ठोक्किदा १६ जना घाइते, गम्भीर ५ घाइतेको पोखरामा उपचार हुदै

तनहुँको बेलभञ्ज्याङमा बस र ट्रक ठोक्किदा १६ जना घाइते, गम्भीर ५ घाइतेको पोखरामा उपचार हुदै

Bus accident Belbhanjyang Tanahun

तनहुँ । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँको बेलभञ्ज्याङमा १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ५४९१ नम्बरको बस र रौतहट बाट पोखरा आउदै गरेको ना ६ ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको बन्दीपुर गाउपलिका वडा नम्बर १ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा खोटाङको इन्द्रेणीपोखरी गाउपालिका वडा नम्बर ९ बस्ने वर्ष ३५ को सुवास राई, व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १६ की सोनु दरै, व्यास नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १४ की ड्रिमा दाहाल, लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष १६ की अमृता गुरुङ र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २४ की भृकुटी कुवर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार पछी घर फर्किसकेको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार  रहेको  छ । चालकको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ