बुढीगण्डकीमा ट्रिपर खस्यो, चालकको मुत्यु

बुढीगण्डकीमा ट्रिपर खस्यो, चालकको मुत्यु

Budhigandaki

अश्विन दानी, गोरखा । बुढीगण्डकी नदिमा बा४ख ९५०६ नम्बरको ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।

मंगलबार राती करिब १ बजे जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटको चिउरीगांैडामा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ५ का २७ वर्षिय सन्तोष सापकोटा रहेको गोरखा ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । गम्भिर घाइते सहचालक २१ वर्षिय रबिन्द्र नेपालको भने धादिङको गजुरी स्थित एक अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।

ट्रिपर बेनिघाटबाट दर्बुङ तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । ‘दुर्घटनाको कारण भने खुल्न सकेको छैन’ पौडेलले भने ‘घटना बारे थप अनुसन्धान भईरहेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ