डा. देवकाेटालाई जन्मथलाे गाेरखा पुर्‍याइयो, जन्म घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा

डा. देवकाेटालाई जन्मथलाे गाेरखा पुर्‍याइयो, जन्म घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा

upendra_devkota

गाेरखा — बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत बरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटालाई शनिबार जन्मघर गोरखा पुर्‍याइएकाे छ । जन्म घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि उनलाई हेलिकोप्टरमार्फत ल्याइएको

जीवनको अन्तिम क्षण आफ्नै घरमा बिताउने रहर पूरा गर्न डाक्टर उपेन्द्र देवकोटालाई हेलिकप्टरबाट गोरखा लगिएको  हो। शनिबार दिउँसाे उनलाई गोरखाको पालुङटार नगरपालिका–३ बोहोरा गाँउस्थित जन्मघर पुर्‍याइएको हो।

न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर सिधै उनलाई उनको पुर्खौली घर पुर्‍याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए। उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ।

देवकाेटालाई भेट्न जन्मथलाेमा भीड लागेकाे छ। हेलिप्याड बनाएकाे ठाँउमा आफन्त र शुभचिन्तक भरिएका छन्। उनले प्रतिनिधि सभा निर्वाचनको समयमा तत्कालीन वाम गठबन्धनबाट चुनावमा गृह जिल्ला गोर्खा पुगेर भाषणसमेत गरेका थिए ।

सोहि क्रममा उनले स्वास्थ्यमा असहज महसुस गरेपछि काठमाण्डौ फर्किएका थिए । त्यसपछि अहिले मात्र उनलाई गोरखा लगिएको हो ।

आज दिउँसो २ बजेर १० मिनेटमा उनलाई लिएर हेलिकप्टर गोरखातिर लागेको हो। अस्पतालका कर्मचारी तथा उनका शुभेच्छुकहरुको न्युरो अस्पतालमा भिड लागेको थियो । उनलाई लिएर उडे लगत्तै हुरी र झरीका कारण केही बेर हेलिकप्टर फेरि अवतरण गर्नुपरेको थियो। १५ मिनेट रोकिएपछि फेरि हेलिकप्टर उडेको हो।

देवकोटाको पित्त थैलीमा क्यान्सर भएको हो। नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने रोग लागेको देखिएपछि उनलाई बेलायतमा पाँच महिना उपचार गराइएको थियो। उपचारले रोग निको नहुने अवस्था भएपछि उनले नेपाल फर्कने निर्णय लिएका थिए।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराएका हुन। त्यही बीच नै उनले आफ्नो जीवनको अन्तिम क्षण नजिक रहेको खुलासा गरेका थिए। सँगै उनलाई ‘वाइल डक्ट’ (पित्त थैली) क्यान्सर भएको पनि सार्वजनिक भएको थियो।

नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका डाक्टर देवकोटा राजा ज्ञानेन्द्रको सक्रिय कार्यकालमा स्वास्थ्यमन्त्री समेत रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ