फरार राना र खत्री पक्राउ

फरार राना र खत्री पक्राउ

farar-aparadhi

पोखरा । कास्की प्रहरीले पोखराबाट २ जना फरार अभियुक्त पक्राउ गरेको छ।

अदालतबाट कैद तथा जरिवाना ठहर भइ फरार रहेका पोखरा लेखनाथ महानगरपालिका- ११ का ४४ बर्षीय अमृत राना र पोखरा लेखनाथ महानगरपालिका- १९ पुरन्चौर तल्लोकोटका ५१ बर्षीय शिव बहादुर खत्री क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमध्ये राना लागू औषध बुप्रिनर्फिन मुद्दाका फरार अभियुक्त हुन् भने खत्री गाली बेईज्जती मुद्दाका फरार अभियुक्त हुन् ।

पक्राउ परेकाहरुलाई आबश्यक कारवाहीको लागि पठाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ