उद्यमी देखि बेष्ट स्टार्टअप सम्मको लागि आइसिटी अवार्ड,यसरी गर्नुस अनलाइन रजिष्ट्रेसन

उद्यमी देखि बेष्ट स्टार्टअप सम्मको लागि आइसिटी अवार्ड,यसरी गर्नुस अनलाइन रजिष्ट्रेसन

449855496Web-Banner-for-ICT

काठमाण्डौ । बिगतका बर्षहरुमा झैं यो वर्ष पनि आइसिटी अवार्ड २०१८ हुने भएको छ | आगामी भदौ १ गते हुने  तेस्रो संस्करणको आइसिटी अवार्ड लिभिङ विथ आइसिटीले गर्न लागेको हो । जसमा आइसिटी क्षेत्रका विभिन्न ७ विधामा उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिने छ ।

यसअन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले  जानकारी दिए ।

आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड प्ूरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ । आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ ।

कसरी गर्ने अनलाइन आवेदन ? 
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको  मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले क्ष्ऋत् ब्धबचम सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ