पोखरा छोरेपाटनबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

पोखरा छोरेपाटनबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

lagu

पोखरा, १० चैत / लागऔषध नियन्त्रण ब्युरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न २ जनालाई लागुऔषध शनिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका ७ हल्लनचोक बस्ने अमन नेपाली र बागलुङ नगरपालिका १३ पैयुँडाडा बस्ने वर्ष २१ को किशोर खत्री रहेका छन ।

ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरूङको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले उनिहरुलाई पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटनबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले नुर्फिम ७० थान, डाईजापाम ७० थान, फेनरागगन ७० थान गरी जम्मा २१० थान लागुऔषध साथै सामसुङ मोबाईल १ थान र नोकिया मोबाईल १ थान समेत बरामद गरेको छ ।

गोप्य सुचना प्राप्त हुनासाथ तत्कालै आफुहरु उक्त स्थानमा खटिई चेकजाँच गर्नेक्रममा उनिहरुलाई लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको व्युरोका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ