हैरान्स लाई हराउदै लोकतान्त्रिक युवा क्लब चापाघाटले जित्यो प्रथम फ्रेन्डसिप कपको उपाधि

हैरान्स लाई हराउदै लोकतान्त्रिक युवा क्लब चापाघाटले जित्यो प्रथम फ्रेन्डसिप कपको उपाधि

Loktrantik yc

तनहुँ । फ्रेन्डसिप युवा क्लवको आयोजनामा तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ तल्लो गुणादीमा भएको प्रथम फ्रेन्डसिप कपको उपाधि लोकतान्त्रिक युवा क्लब चापाघाटले जितेको छ । आइतबार भएको फाइनल खेलमा हैरान्स युवा क्लब दमौली लाई २-१ गोल अन्तरले हराउदै लोकतान्त्रिक युवा क्लब चापाघाटले उपाधि हात पारेको हो । यस संगै लोकतान्त्रिक युवा क्लब चापाघाटले पहिलोपटक उपाधि जित्न सफल भएको हो ।

गत भाद्र १ गतेदेखि १० गते आइतबार सम्म सन्चालित फुटबल प्रतियोगिता हजारौं दर्शकको उपस्थिति माझ अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो । खेलमा सुरुवाती अग्रता भने हैरान्सले लिएको थियो तर उसले आफ्नो अग्रता कायम राख्न नसक्दा उपाधि विदेशी खेलाडी सहितको लोकतान्त्रिक क्लबले जित्न सफल भएको छ ।

प्रतियोगीताको विजेताले ७५ हजार र उपबिजेताले ३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । खेलाडिहरु लाई म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना, उपप्रमुख बालकृष्ण घिमिरे र शिव वाग्ले लगायतले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा सहयोगीहरू लाई सम्मान गरिएको थियो ।
‘लागू पदार्थ जुवा तास मुक्त गराउने अभियान” भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । फोटो : बि एण्ड बि मिडिया
सम्बन्धित समाचार :

तनहुँको गुणादीमा ७५ हजार राशिको प्रथम फ्रेन्डसिप कप फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ