पर्वतमा वडा अध्यक्ष नै जापान लुकेपछि जनताले गरे तालाबन्दी

पर्वतमा वडा अध्यक्ष नै जापान लुकेपछि जनताले गरे तालाबन्दी

paiyun-gaupalika-office

महेन्द्र जिसी, पर्वत । निर्वाचित जनप्रतिनिधि नै जापान बस्ने भएपछि सेवा रोकिएको भन्दै पर्वतको पैयुँ गाऊँपालिकाको कार्यालयमा तीन दिनदेखि तालावन्दी गरिएको छ । वडा नं. ४ का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ आफ्नो जिम्मेवारी समेत छाडेर चार महिनादेखि जनतासँग लुकेर जापान बसेका छन् । दैनिक काजकामका लागि समेत वडाको सिफारिस चाहिन्छ, वडा अध्यक्ष नै नहुँदा स्थानीयले सेवा नपाएको भन्दै तालाबन्दी गरेका छन् ।

प्रदेश कानुन अनुसार वडाअध्यक्ष विना जानकारी लगातार तीन वटा कार्यपालिका वैठकमा सहभागी नभए कार्वाही गर्ने प्राबधान अनुसार गाउँपालिकाले पत्र काटेपछि विवाद चुलिएको हो । अहिले गाउँ पालिकाको कार्यालयमा तालाबान्दी छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालका अनुसार सेवा दिने जनप्रतिनिधि नै चार महिना देखि कार्यालयमा नभएपछि यस्तो अवस्था आएको हो । उप प्रमुख जसमती गुरुङले सेवा सुविधा लिएर जन प्रतिनिधि कमाउन जानु गलत भएको भन्दै आफूले तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको बताईन् ।

आफैले जिताएका अध्यक्ष कमाउन जापान हानिएपछि जनताले सेवा नै पाएका छैनन् । उनीहरुले लगातार कार्यालयमा धर्ना दिइरहेका छन् । जापान बस्दै आएकी अध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन् । जापानमा व्यवसाय गदै आएका श्रेष्ठले आर्थिक चलखेलमा चुनाव जितेको गुनासो अहिले स्थानीयको छ । पालिका भित्रको आन्तरिक समस्यामा आफूहरुको कुनै भूमिका नरहने जिल्ला समन्वय समिति पर्वत बताउँछ ।

समन्वय अधिकारी विष्णु प्रसाद भुसालले दुई स्थानीय तहमा देखिएका विवाद समाधान गर्ने अधिकारी भएको भएपनि गाउँपालिका भित्रको आन्तरीक विवाद मिलाउने अधिकार नभएको हुँदा पालिकाको कार्यालय खुलाउन पहल गर्न नसकिएको बताए ।

नेपाल सरकारको गाउँगाउँमा सिँहदरवार भन्ने नारालाई निर्वाचित जनप्रतिनिधि नै कमाउधन्दामा देश छाडेपछि गिज्याइरहेको आभाष हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ