पोखरा लेकसाईडको होटलमा स्विडेनी नागरिक मृत भेटिए

पोखरा लेकसाईडको होटलमा स्विडेनी नागरिक मृत भेटिए

sab fela

पोखरा २५ असार । पोखराको लेकसाईड स्थित एक होटलमा विदेशी नागरिक मृत भेटिएका छन् । सोमवार पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड लालुपाते मार्ग स्थित सेन्चुरी होटलमा स्विडेनी नागरिक मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त होटलको कोठा नम्बर ८ मा बस्दै आएका ५९ बर्षीय काइलोफ एभेन्डर मृत भेटिएका हुन् ।

पासपोर्ट नम्बर ९२२४६९९३ का उनी गत अप्रिल १६ देखि सो होटलमा बस्दै आएका थिए । सोमवार दिउसो २ बजे उनी कोठामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ