मुक्तिनाथ मन्दिरमा निषेधित क्षेत्रमा भारतीय पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट

मुक्तिनाथ मन्दिरमा निषेधित क्षेत्रमा भारतीय पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट

mukti nisedh

मुस्ताङ । मुक्तिनाथकाे मूल मन्दिरमा फाेटाे खिच्न मनाही छ । आजसम्म मुख्य मन्दिरमा फोटो खिच्न पाएका थिएनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट दिइयो ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मुक्तिनाथ दर्शनका क्रममा यहाँ पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरकाे भित्री भागकाे समेत फाेटाे तथा तथा भिडियाे खिचेका हुन् । साथै स्थानीय पत्रकारलार्इ विभेद गर्दै भारतीय पत्रकारलार्इ खुलेआम छुट दिइएकाे छ ।

पत्रकार महासंघ मुस्ताङद्वारा भत्सर्ना

यसमा नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेकाे छ । नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद गरिएकाे तर भारतीय पत्रकारद्वारा निषेधित क्षेत्रकाे समेत फाेटाे खिच्न दिइएकाे भन्दै अापत्ति प्रकट गरे ।

रिपाेर्टिङका लागि यहाँ पुगेका नेपाली पत्रकारहरुलार्इ सकसपूर्ण वातावरणमा राखियाे । हामीलार्इ मन्दिरको उत्तरपुर्बमा रहेको पुरानो कच्की घरको बार्दलीमा राखेर मूल स्थानमा जान दिइएन । जबकि भारतीय पत्रकारलार्इ खुलेआम छाेडिएकाे थियाे ।

माेदी बिहान काठमाडाैंबाट मुक्तिनाथ पुगेका थिए । यहाँ पूजा अर्चना र मन्दिरकाे दर्शन गरेर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ