तीन सातापछि पोखरा महानगरका वरिष्ठ अधिकृत पौडेलको शव फेला (भिडियो)

तीन सातापछि पोखरा महानगरका वरिष्ठ अधिकृत पौडेलको शव फेला (भिडियो)

Omraj Paudel

गत असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख, वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तीन सातापछि फेला परेको छ । शनिबार विहान तनुहँको भिमादको सेती नदिकिनारमा शव फेला परेको खबर आएको कास्की प्रहरीले जनाएको छ ।

उनी हराएको २२ दिन पछि भिमादबाट शव फेला परेको जानकारी आएको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए । उनको शवलाई आफन्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको बताइन्छ । मुचुल्का गरे पछि उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याइनेछ ।

असार ९ गते शनिबार विहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी त्यसपछि वेपत्ता थिए । पौडेल वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोली, क्यानोनिङ टोली समेतले सेती किनारमा खोजी गरिरहेको थियो । तनहुँ प्रहरीले पनि आफ्नो क्षेत्र अन्तर्गतको सेती नदि किनारमा निगरानी गरिरहेको थियो ।

पौडेल घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । जुन पोखरा महानगरपालिकाले कास्की प्रहरीको रोहवरमा एक सातापछि सार्वजनिक पनि गरेको थियो ।

उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।
यसबीचमा उनको शव समेत फेला नपरेको अवस्थामा महानगरपालिका, महानगर प्रमुख लगायतको दबाबले यो अवस्था आएको भन्दै राजनीतिक रंग दिने प्रयास समेत भयो ।

ओमराज पौडेल असार ९ गते विहान महेन्द्रपुल क्षेत्रबाट पुलसम्म यसरी गएका थिए । भिडियोमाः

https://www.facebook.com/gandaknews/videos/848021495390104/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ