वेपत्ता अधिकृत ओमराज पौडेलको शव फेला परेको ठाउँ…, तनहुँदेखि पोखरा ल्याइयो (भिडियो सहित)

वेपत्ता अधिकृत ओमराज पौडेलको शव फेला परेको ठाउँ…, तनहुँदेखि पोखरा ल्याइयो (भिडियो सहित)

Omraj Paudel Sab

तनहुँ, ३० असार । गत असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ४९ वर्षिय ओमराज पौडेलको शव २२ दिनमा शनिबार बिहान भेटियो ।

तनहुँको भिमाद नगरपालिका वडा नं. ६ मा पर्ने सेती नदीको किनारमा शव यस्तो अवस्थामा भेटिएको हो । विहान करिव ९ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भिमाद बजारको ठिक तलपट्टि नदी किनारमा शव फेला परेको थियो । शव बाढी रोक्न लगाइएको ढुंगाको जालीले किनारमा उतारेको थियो । अनुहारको भाग ठोक्किएर फुटेको, दाँत झरेको अवस्थामा थियो ।

https://www.facebook.com/gandaknews/videos/864903090368611/

मुचुल्का भएपछि पोष्टमार्टमका लागि पोखरा ल्याइयो । शव बुझ्न ओमराजका आफन्त भिमाद नै पुगे । असार ९ गते मनिङ वाकका क्रममा विहान ५ः३० बजेदेखि ओमराज बेपत्ता थिए ।

घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै उनी निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले सार्वजनिक गरेको थियो ।

पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ उनका एक श्रीमती, दुई छोरा र १ छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ