जनआन्दोलनका घाईते पराजुलीको उपचार अभावमा निधनपछि कटुवाचौपारी शोकमा

जनआन्दोलनका घाईते पराजुलीको उपचार अभावमा निधनपछि कटुवाचौपारी शोकमा

parajuli

महेन्द्र जिसी, पर्वत । मुलुक र राजनीतिक परिवर्तनका लागि २०६२÷०६३ मा भएको जनआन्दोलनमा दिलोज्यान दिएर लागेका योद्धा राम पराजुलीको निधन भएको छ ।

आर्थिक अभावका कारण उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो । कुश्मा नगरपालिका वडा नं ९ कटुवाचौपारी घर भएका पराजुली ब्लड क्यान्सरबाग ग्रसित हुँदा उपचारका लागि राज्यले चासो दिएन ।

पराजुलीको निधनले कटुवाचौपारी शोकमा डुबेको छ । नागिरकको अधिकारको लागि आन्दोलनमा होमिएका पराजुली आफ्नो शरिरमा गोलीका अबशेष लिएर पनि सक्रिय रूपमा राजनीतिक परिर्वतनको लागि लड्दै आएका थिए । तत्कालीन नेकपा माओवादीको कुश्मा नगरपालिकाको जिम्मेवार नेताका रूपमा छवि बनाएका पराजुली जिल्लाको सक्रिय राजनीतिमा थिए ।

पछिल्लो समय ब्लड क्यान्सरले थला परेपछि अस्पतालमा भर्ना भएका पराजुलीको बुधबार निधन भएको हो । देशको परिर्वतनका लागि आन्दोलन र द्वन्द्वमा होमिएका पराजुलीजस्तै सयौं योद्धाहरू यस्तै पीडासंग लडिरहेका छन । राज्यले यस्ता योद्धाहरूको सम्मान गर्न भने सकेको छैन । बुधबार नै पराजुलीको अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ