गणतन्त्र पछि पहिलोपटक पारस गोरखामा (फोटो फिचर)

गणतन्त्र पछि पहिलोपटक पारस गोरखामा (फोटो फिचर)

paras (2)

अश्विन दानी, गोरखा । गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस शाह पहिलोपटक गोरखा आएका छन् । मंगलबार गोरखा आएका शाहले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म भूकम्पले ध्वस्त पारेपछि पुननिर्माण भईरहेको गोरखा दरबारमा विशेष पूजाआजा गरेका हुन् ।

शाहले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे । आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरूको इतिहास र पुराना हातहतियारबारे समेत चासो राखे ।

गोरखकाली मन्दिर शाह वंशीयहरुको कुलदेवताको मन्दिरसमेत रहेको पारसका निकट विक्रम सिंहले बताए । ‘उहाँ गोरखकालीको पूजा र गोरखनाथ बाबाको आशीर्वाद लिन यहाँ आउनुभएको हो’, सिंहले भने ।

उनले संङ्ग्रालयका सामानहरु मध्ये सबैभन्दा धेरै हातहतियारबारे चासो राख्दै हेरचाह अड्डाका कर्मचारीहरुलाई सोधपुछ गरेका थिए । उनलाई कमल थापा र पशुपतिशमशेर जवरा नेतृत्वको राप्रपाका कार्यकर्ताहरु र राजावादीहरुले लक्ष्मीबजारदेखि मोटरसाइकल ¥यालीसँगै गोरखा दरबारसम्म पु¥याएका थिए ।

पारसलाई दरबारमा बाजागाजाका साथ स्वागत गरिएको थियो । पारस आफैँले भने भ्रमण र पूजाआजा बारे मौन बेसे । उनी आजै काठमाण्डौँ फर्कने छन् ।

तस्विरः सन्तोष अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ