सहारा एकेडेमीलाई रामचन्द्र, उरुप्सा र चन्द्रावतीको आर्थिक सहयोग

सहारा एकेडेमीलाई रामचन्द्र, उरुप्सा र चन्द्रावतीको आर्थिक सहयोग

SUR_7229

पोखरा । सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन ।

एकेडेमीको अक्षयकोषमा गुरुङ सहित उनकी धर्मपत्नी उमादेबी १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन । यसै गरि एकेडेमीका लागि समाजसेबी एवम रंगशाला आमा समुहकी अध्यक्ष चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरेकी छन ।

सहयोग दाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा एकेडिमीको गतिविधीका बारेमा जानकारी दिंदै एकेडेमीका संयोजक एवम क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले एकेडेमी संचालन गर्न मासिक दुई लाख खर्च लाग्ने बताए ।

सो अवसरमा सहयोगी गुरुङ परिवार द्वयलाई क्लबका सल्लाहकार परिषदका सभापती विरभद्र आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । २०७० साल बाट सहरा क्लब द्वारा संचालित सहारा एकेडेमीमा २८ जना विपन्न बालकहरुलाई आश्रय दिएर शिक्षाका साथै फुटबल प्रशिक्षण प्रदान गरिदैं आइएको छ ।

क्लबले उक्त एकेडेमी संचलानका लागि दुइ करोडको अक्षय कोष संंचालनार्थ विविध कार्यक्रम गर्दै आएको छ । उक्त अक्षयकोषका लागि देश बिदेशमा रहेका समाजसेबी तथा संस्थाहरुले सहयोग रकम प्रदान गर्दै आइरहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ