सडक खन्ने स्काभेटर कालीगण्डकीमा खस्यो

सडक खन्ने स्काभेटर कालीगण्डकीमा खस्यो

Excavator_60G_RightFacing_r4b012233_large_3f660033d3ed2bfe7c27921efcb9c6b7dca5fdc1

सुन्दरकुमार थकाली, मुस्ताङ । बेनी-जाेमसाेम सडक स्तराेन्नतिको लागि सडकमा काम गर्दै गरेको एक स्काभेटर दुर्घटना भएकाे छ ।

मुस्ताङको थासाङ् गाउँपालिका वडा नं. ३ स्थित वेनी जोमसोम कच्ची सडकखण्डको लेते खोलामा स्काभेटर दुर्घटना भएको छ ।

गजुरमुखि कन्ट्रक्सनको डोजर रोकी मर्मत गर्ने क्रममा अचानक जमिन भासिई अन्दाजी २०० मिटर तल कालिगण्डकी नदीमा खस्दा डोजरका हेल्पर म्याग्दीको रघुगंगा २ राखु बस्ने वर्ष २६ को सतिस भण्डारी र सहचालक वर्ष २४ को प्रदिप भण्डारी घाईते भएका छन् ।

उपचारको लागी तत्काल प्राथमिक उपचार केन्द्र लेते मुस्ताङ लगिएकोमा डोजरका हेल्पर सतिस भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरद्धारा गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

(समाचार अद्यावधिक गरिएको बेलुकी ८ः५०)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ