ब्रेकिङ न्युज: उपल्लो मुस्ताङको घिलिङमा ट्रिपर पल्टियो, दर्जन बढीको मृत्यु,

ब्रेकिङ न्युज: उपल्लो मुस्ताङको घिलिङमा ट्रिपर पल्टियो, दर्जन बढीको मृत्यु,

tiper

सुन्दर कुमार थकाली, मुस्ताङ । बेनी ,जोमसोम,जोमसोम कोरला सडकखण्ड अन्तर्गत उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वाचेबीचको सडकमा कालिगण्डी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख नम्बरको एक ट्रिपर दुर्घटना भएको छ ।

जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई खाना खुवाई कार्य स्थलमा लैजनाने क्रममा फर्किने स्याङ्वोचे र घिलिङ बीचमा टिपर पल्टिएको स्याङ्वोचेका स्थानीय झ्याम्पा तेन्जिङले जानकारी दिए ।

उनका अनुसार कार्यस्थलमा फर्किएको टिपर सडकबाट करिव ७० मिटर तल खस्दा टिपरमा सवार करिव १० जनाको घटनामै मृत्यु भएको छ भने, १३ जना गम्भिर घाईते भएका छन् । गुरुङका अनुसार घाईते मृत्यु हुनेको संख्या बढ्न सक्ने जानकारी दिए ।

त्यस्तै करिडोरको सडकमा कार्यरत एक कर्मचारीका अनुसार टिपरमा कतिको सख्यामा मजदुर थिए भन्ने खुल्न नसकेको जानकारी दिए । घटनापछि घाईते भएका कामदारलाई जिल्ला अस्पताल जोमसोममा ल्याउने तैयारी भईरहेको बताए । त्यस्तै, गम्भिर घाईते भएकाले काठमान्डौबाट हेलिकप्टर झिकाईए पनि अझै हेलि घटना स्थलमा पुग्न नसकेको जनाए । घटनाबारे सम्पूर्ण जानकारी आउन समय लाग्ने उनले बताए ।घटना पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खबर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ