रोकिएन ट्रिपर आतंक, मोटरसाईकल चालकको ज्यान गयो

रोकिएन ट्रिपर आतंक, मोटरसाईकल चालकको ज्यान गयो

tripper

सिमरा, चैत ९ – ट्रिपरले किचेर बाराको सिमरामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बिरगंज पथलैया सड्क खण्ड अन्तर्गत बाराको सिमरास्थित जिल्ला वन कार्यालयको अगाडि बिरगंज तर्फबाट आउँदै गरेको ना.७ ख २३३९ नं.को ट्रिपरले बिपरित दिशा तर्फबाट आउँदै गरेको ना. १९ प ३८४१ नं।को मोटरसाईकललाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मोटरसाईकलमा सवार अर्का एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २५ का लक्ष्मण लामा रहेका छन् भने सोहि ठाउँ बस्ने वर्ष २४ का कर्म लामा घाईते भएका हुन् ।

उनीहरु बिरगंज जाँदै गरेका थिए । निर्माणधिन सडकको लागि माटो ओसार्दै गरेको ट्रिपरले किचेपछि लक्ष्मणको घटना स्थलमा नै ज्यान गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ